गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक
काठमाडाैं | माघ २२, २०७९
काठमाडौं: भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।
यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गर्नुभएको हो । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ । म्यूजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘डी मिङसो म्यूजिक’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

